५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी



अ+ अ-

भक्तपुर । रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएपछि भक्तपुर सल्लाघारीका जोखिमयुक्त २१ वटा रूख काटिएको छ । रूख ढलेर गत आइतबार बा२ख ३५८४ नंको बस र बा६१प ३९७८ नंको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना घाइते भएका थिए ।

रूख ढलेर ज्यानै गएपछि सडक छेउका २१ वटा रूख काटिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले जोखिमयुक्त रुखको ‘मार्किङ’ गरेपछि ती रूख काटिएका हुन् । प्रजिअ शर्माले भन्नुभयो, “विज्ञ टोलीले सल्लाघारी क्षेत्रको अनुगमन गरी जोखिमयुक्त २१ वटा रूख काटिएको छ, त्यस क्षेत्रमा अरू रुख पनि जोखिम रहेको कुरा आएको छ, स्कुल नजिक पनि त्यस्ता रूख छन् भन्ने कुरा आएको छ, यसबारेमा विज्ञ टोलीले निरीक्षण गरी त्यस्ता रूख भए अरु पनि काटिने छन् ।”

त्यस दुर्घटनामा घाइते भएका बिरामीको ख्वप मिनी बस सेवा समितिको खर्चमा उपचार गराइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छलफलमा ख्वप मिनी बसले घाइतेको उपचार गरिदिने सहमति भएपछि समितिले नै घाइतेको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेमध्ये एकजना डिस्चार्ज भए पनि ११ जनाको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी र भक्तपर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उक्त घटनामा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका–४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल, भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा र भक्तपुर नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो ।