१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी
अ अ+ अ-

भक्तपुर । रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएपछि भक्तपुर सल्लाघारीका जोखिमयुक्त २१ वटा रूख काटिएको छ । रूख ढलेर गत आइतबार बा२ख ३५८४ नंको बस र बा६१प ३९७८ नंको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना घाइते भएका थिए ।

रूख ढलेर ज्यानै गएपछि सडक छेउका २१ वटा रूख काटिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले जोखिमयुक्त रुखको ‘मार्किङ’ गरेपछि ती रूख काटिएका हुन् । प्रजिअ शर्माले भन्नुभयो, “विज्ञ टोलीले सल्लाघारी क्षेत्रको अनुगमन गरी जोखिमयुक्त २१ वटा रूख काटिएको छ, त्यस क्षेत्रमा अरू रुख पनि जोखिम रहेको कुरा आएको छ, स्कुल नजिक पनि त्यस्ता रूख छन् भन्ने कुरा आएको छ, यसबारेमा विज्ञ टोलीले निरीक्षण गरी त्यस्ता रूख भए अरु पनि काटिने छन् ।”

त्यस दुर्घटनामा घाइते भएका बिरामीको ख्वप मिनी बस सेवा समितिको खर्चमा उपचार गराइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छलफलमा ख्वप मिनी बसले घाइतेको उपचार गरिदिने सहमति भएपछि समितिले नै घाइतेको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेमध्ये एकजना डिस्चार्ज भए पनि ११ जनाको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी र भक्तपर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उक्त घटनामा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका–४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल, भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा र भक्तपुर नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो ।