• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

मंकीपक्स भारतमा देखिइसक्यो, सरकार निद्रामा छः भट्टराई (भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनु भयो ।

सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपग्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताउनु भयो । उहाँले जनस्वास्थ्यको कुरामा सरकार निन्द्रको अवस्थामा रहनु दुःखद् भएको बताउनु भयो । सांसद भट्टराईले मंकीपग्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताउनु भयो । उहाँले छिमेकी देश भारतमा ४ जनामा मंकीपग्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ । हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निन्द्रको अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । तर हाम्रा सीमानाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन ।

विमानस्थलहरुमा यसबारेमा कुनै सचेतना दिइएको छैन । सञ्चारमाध्यमहरुबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको छैन । खुला सीमाना छ । भारतमा यस ४ वटा केसहरु देखिसकेका छन् । हामी पनि यसबाट धेरै टाढा छैनौँ । यसको भयानक अवस्थाबाट हामी टाढा छैन । यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व शतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु । सीमानमा कडाइ गर्नुपर्छ, सचेतनता फैलाउनुपर्छ । परीक्षण केन्द्र राख्नुपर्छ ।’

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताउनु भयो । उहाँले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।