• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता



काठमाडौँ । नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलाई सहज बनाउनका लागि सम्झौता भएको छ । सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका घरपरिवार र आफन्तविहीन नागरिकहरुको उद्धार गरि मानवसेवा आश्रमको संरक्षणमा आइसकेपछि अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता पत्रमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको तर्फबाट मेडिकल डाइरेक्टर प्र.अ.म डा. आशा सिंह र मानवसेवा आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रम नेपाल प्रहरी अस्पतालमा सोमबार भएको हो ।

सम्झौता पश्चात अस्पतालले मानवसेवा आश्रमको संरक्षणमा रहेका व्यक्तिहरुलाई नेपाल प्रहरी अस्पतालको विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत छुट्याएको ३ शैंयामा राखी उपचार गराइने जनाएको छ ।

साथै अस्पतालमा भर्ना गर्नु पर्ने बिरामीहरुको लागि भर्ना भइसकेपश्चात औषधी र औषधीजन्य सामग्रीहरु निशुल्क उपलब्ध गराउने छ ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टरले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘जीवनरक्षाको लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको जीवन बचाउन पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो । आगामी दिनमा मानवसेवा आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु। ‘ उहाँले थप्नुभयो ।

त्यसैगरि नेपाल प्रहरी अस्पतालसँगको सहकार्यले मानवसेवा आश्रमको सेवामा सहजता प्रदान हुने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । ‘सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरु विभिन्न क्यान्सर, एड्स, हेपाटाइटिस, मिर्गौला ड्यामेज भइसकेको जस्ता रोग लागेका व्यक्तिहरु हुन्छन् । आश्रमको व्यवस्थापनबाट यस किसिमका महङ्गो रोगको उपचार अति नै जटिल छ । यस अवस्थामा अस्पतालको साथले हामीमा थप हौसला बढेको छ । अस्पताल परिवारमा धेरैधेरै साधुवाद अर्पण गर्दछु ।’ उहाँले भन्नुभयो ।

यो सम्झौता एक बर्षको लागि रहेको छ । यस पश्चात दुवै पक्षको सहमतिमा सम्झौता नविकरण गर्न सकिने छ । मानवसेवा आश्रमले आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा सेवा केन्द्र स्थापना गरि करिब देशका सम्पूर्ण जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरुको उद्धार एवं संरक्षण गरिरहेको छ । आजको दिनमा नै आश्रमको संरक्षणमा करिब १५०० जना व्यक्तिहरु आश्रित हुनुहुन्छ भने संस्थाको स्थापना देखि १० बर्षको अवधिसम्म आइपुग्दा ७२०० बढीको उद्धार भइसकेको छ ।