१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलाई सहज बनाउनका लागि सम्झौता भएको छ । सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका घरपरिवार र आफन्तविहीन नागरिकहरुको उद्धार गरि मानवसेवा आश्रमको संरक्षणमा आइसकेपछि अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता पत्रमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको तर्फबाट मेडिकल डाइरेक्टर प्र.अ.म डा. आशा सिंह र मानवसेवा आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रम नेपाल प्रहरी अस्पतालमा सोमबार भएको हो ।

सम्झौता पश्चात अस्पतालले मानवसेवा आश्रमको संरक्षणमा रहेका व्यक्तिहरुलाई नेपाल प्रहरी अस्पतालको विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत छुट्याएको ३ शैंयामा राखी उपचार गराइने जनाएको छ ।

साथै अस्पतालमा भर्ना गर्नु पर्ने बिरामीहरुको लागि भर्ना भइसकेपश्चात औषधी र औषधीजन्य सामग्रीहरु निशुल्क उपलब्ध गराउने छ ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टरले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘जीवनरक्षाको लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको जीवन बचाउन पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो । आगामी दिनमा मानवसेवा आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु। ‘ उहाँले थप्नुभयो ।

त्यसैगरि नेपाल प्रहरी अस्पतालसँगको सहकार्यले मानवसेवा आश्रमको सेवामा सहजता प्रदान हुने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । ‘सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरु विभिन्न क्यान्सर, एड्स, हेपाटाइटिस, मिर्गौला ड्यामेज भइसकेको जस्ता रोग लागेका व्यक्तिहरु हुन्छन् । आश्रमको व्यवस्थापनबाट यस किसिमका महङ्गो रोगको उपचार अति नै जटिल छ । यस अवस्थामा अस्पतालको साथले हामीमा थप हौसला बढेको छ । अस्पताल परिवारमा धेरैधेरै साधुवाद अर्पण गर्दछु ।’ उहाँले भन्नुभयो ।

यो सम्झौता एक बर्षको लागि रहेको छ । यस पश्चात दुवै पक्षको सहमतिमा सम्झौता नविकरण गर्न सकिने छ । मानवसेवा आश्रमले आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा सेवा केन्द्र स्थापना गरि करिब देशका सम्पूर्ण जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरुको उद्धार एवं संरक्षण गरिरहेको छ । आजको दिनमा नै आश्रमको संरक्षणमा करिब १५०० जना व्यक्तिहरु आश्रित हुनुहुन्छ भने संस्थाको स्थापना देखि १० बर्षको अवधिसम्म आइपुग्दा ७२०० बढीको उद्धार भइसकेको छ ।