• ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
  •   Unicode
Logo

पोखरा पुगे अध्यक्ष ओली, आजै काठमाडौँ फर्किने



काठमाडौँ । पार्टीको कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । उनलाई पोखरा विमानस्थलमा एमाले नेता पृथ्वीसुब्बा गुरुङसहितका नेताले स्वागत गरेका छन् । उनी आजै काठमाडौँ फर्किने जनाइएको छ । नेपाली कांग्रेससँगको निर्णायक छलफललाई थाँती राखेर उनी आज पोखरा गएका हुन् ।

सत्ता गठबन्धनमा अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा मतभेद भएसँगै एमसीसीको पक्षमा रहेको सत्ता साझेदारमध्येको प्रमुख दल नेपाली कांग्रेसले एमसीसी पारित गर्न एमालेसँग छलफललाई तीव्रता दिएका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पारित गर्न नुहने अडानमा छन् । उनीहरुले संसद्मा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।