१ भाद्र २०८३, सोमबार
,
Latest
स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा पुगे अध्यक्ष ओली, आजै काठमाडौँ फर्किने



अ+ अ-

काठमाडौँ । पार्टीको कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । उनलाई पोखरा विमानस्थलमा एमाले नेता पृथ्वीसुब्बा गुरुङसहितका नेताले स्वागत गरेका छन् । उनी आजै काठमाडौँ फर्किने जनाइएको छ । नेपाली कांग्रेससँगको निर्णायक छलफललाई थाँती राखेर उनी आज पोखरा गएका हुन् ।

सत्ता गठबन्धनमा अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा मतभेद भएसँगै एमसीसीको पक्षमा रहेको सत्ता साझेदारमध्येको प्रमुख दल नेपाली कांग्रेसले एमसीसी पारित गर्न एमालेसँग छलफललाई तीव्रता दिएका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पारित गर्न नुहने अडानमा छन् । उनीहरुले संसद्मा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।