७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समितिको बैठक बस्दै, सिंहदरबार गेटको फुटेजबारे छलफल गरिने



अ+ अ-

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ ।

बिहान ८ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिनेछ ।

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अनुसन्धान र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरिसकेको छ ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

निष्कर्ष ननिस्केपछि सिंहदरबार गेटकै फुटेज मगाएर समितिले अनुसन्धान गर्न लागेको हो ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

शर्मामाथि बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप छ । आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।