२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार- फोटो फिचर



अ+ अ-

बंगलादेश ।राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ ।

उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो । अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो ।

समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलादेश फोटो जर्नालिष्ट एसोसिएसनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो । उक्त समारोहमा बंंगलादेश फोटो जर्नालिष्ट एसोसिएसन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेनलगायतका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बंगलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको राष्ट्रिय फोटो पत्रकार समुह र बंगदालेश फोटो जर्नालिष्ट एसोसिएसनबीच २०औँ वर्षदेखि भाइचारा सम्बन्ध कायम रहेको र सामुहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएको छ । समुहको रजतमहोत्सवका अबसरमा समुहले वर्षभरी नै विभिन्न कार्यक्रम गर्नै अध्यक्ष वन्तले जानकारी दिनुभयो ।