२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२०ः नेपालको विजयी सुरुवात, माल्दिभ्सलाई ४–० ले हरायो



अ+ अ-

काठमाडौं । भारतमा सोमवारबाट शुरु भएको साफ यु–२० साफ च्याम्प्यिनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सबिरुद्ध शानदार प्रदर्शन गर्दै सुखद् शुरुवात गरेको हो । खेलको शुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांस समय बलमा पकड जमाएपनि गोलको खाता भने ४२ औं मिनेटमा मात्र लिएको थियो ।

नेपालका दीपेश गुरुङले ४२ औं मिनेटमा माल्दिभ्सका गोलकिपरबाट फर्किएको रिबाउन्डमा १८ यार्ड बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । शुरुवातमा अग्रपंक्तिमा तालमेल अभाव देखिएको खेलमा आधा घण्टाको खेलपछि नेपाली टोलीले दबाब राखेको थियो ।

पहिलो हाफको अग्रतापछि दोस्रो हाफमा उच्च मनोबलका साथ खेलेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । सोही क्रममा ५८ औं मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिसरन्त छुन्जुले मैदानको मध्यभागबाट निकालेको बललाई गोलमा परिणत गरेका थिए ।

६२ औं मिनेटमा नेपालका कप्तान आयुस घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा कृतिसरत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३–० मा पु¥याएका थिए । यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४–० को जित निश्चित गरेको हो ।

यससँगै नेपालले प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । शुरुवाती दुई संस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।