२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२०ः नेपालको विजयी सुरुवात, माल्दिभ्सलाई ४–० ले हरायो



अ+ अ-

काठमाडौं । भारतमा सोमवारबाट शुरु भएको साफ यु–२० साफ च्याम्प्यिनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सबिरुद्ध शानदार प्रदर्शन गर्दै सुखद् शुरुवात गरेको हो । खेलको शुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांस समय बलमा पकड जमाएपनि गोलको खाता भने ४२ औं मिनेटमा मात्र लिएको थियो ।

नेपालका दीपेश गुरुङले ४२ औं मिनेटमा माल्दिभ्सका गोलकिपरबाट फर्किएको रिबाउन्डमा १८ यार्ड बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । शुरुवातमा अग्रपंक्तिमा तालमेल अभाव देखिएको खेलमा आधा घण्टाको खेलपछि नेपाली टोलीले दबाब राखेको थियो ।

पहिलो हाफको अग्रतापछि दोस्रो हाफमा उच्च मनोबलका साथ खेलेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । सोही क्रममा ५८ औं मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिसरन्त छुन्जुले मैदानको मध्यभागबाट निकालेको बललाई गोलमा परिणत गरेका थिए ।

६२ औं मिनेटमा नेपालका कप्तान आयुस घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा कृतिसरत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३–० मा पु¥याएका थिए । यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४–० को जित निश्चित गरेको हो ।

यससँगै नेपालले प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । शुरुवाती दुई संस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।