• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे छलफल हुने



काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा संघीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले सिफारिश गरेको मितिबारे आज छलफल गरेर निष्कर्षमा पुग्ने उनले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको छ ।

निर्वाचन आयोगले आगामी मंसिरको ४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ ।