काठमाडौँ । वदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।
संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको हो । अबदेखि सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निःशुल्क पिसीआर परीक्षण हुनेछ ।
यद्यपि त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।