२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रतिनिधि माथिल्लो तहमा उम्मेदवार हुन पाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडाहरुमा धमाधम वडा अधिवेशन गर्दैछ। कांग्रेसले अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएको जनाएको छ । 

वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्।

वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै उम्मेदवार हुन पाउँछन्।

कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’

भदौ २७ मा कांग्रेसले गाउँरनगर अधिवेशन गर्ने भएकाले जसरी पनि वडा अधिबेशन सक्नुपर्ने बाध्यता रहेको छ । 

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा हुने छ ।  महाधिवेशनका लागि कांग्रेसले बुकिङ गरिसकिएको जनाएको छ।

महाधिवेशनका मतदाता प्रतिनिधि सभा क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि हुन्। प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। देशमा १६५ निर्वाचन क्षेत्र छ।