• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित तीन हजार नाघे



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार ८८८ परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ र एक हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।