५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

रणवीर स्टारर ‘शमशेरा’को ओपनिङ फितलो

रणवीर स्टारर ‘शमशेरा’को ओपनिङ फितलो
अ+ अ-

एजेन्सी । अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

यसैबीच ‘शमशेरा’ ले पहिलो दिन बक्स अफिसमा राम्रो कमाई गर्न असफल भएको छ ।

रिपोर्टका अनुसार १५० करोडभन्दा बढीको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा १०.२५ करोड मात्रै कलेक्सन गरेको छ । यो फिल्म विश्वभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो । यस्तै, फिल्मले भारतमा ४ हजार ३५० स्क्रिन पाएको भएपनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन ।

पहिलो दिनको खराब प्रदर्शनपछि फिल्मका धेरै शो विश्वभर रद्द गरिएको बताइएको छ । रणवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फर्किएका छन् । उनी पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा देखिएका थिए ।

यदि ‘शमशेरा’ ले १६५ करोडभन्दा बढीको अल टाइम व्यापार गर्छ भने यो फिल्म हिट मानिने छ । तर, ट्रेड विश्लेषकहरुले यो फिल्म बक्स अफिसमा फ्लप साबित हुने अनुमान गरेका छन् ।

करण मल्होत्राको निर्देशनमा बनेको यस फिल्ममा रणवीरका अलावा संजय दत्त, वाणी कपूर, रोनित रोय र सौरभ शुक्ला लगायतको अभिनय रहेको छ ।