५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने
अ+ अ-

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गगर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।

ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फते जानकारी गराएअनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनानेछन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमको लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ ।

उनीहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउनुहुने वक्तव्यमा उल्लेख छ । शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्यूरोको सेप्टेम्बर ११ को जाँचसँग सम्बन्धित कागजातहरूको वर्गीकरण समीक्षा निरीक्षण गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरी आगामी छ महिनामा वर्गीकृत कागजातहरू सार्वजनिक गर्न निर्देशन गरेका थिए।

सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो । आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए ।अल कायदाका परिचालक निकायद्वारा अपहरण गरिएका विमानहरूलाई १०२ मिनेटको अवधिमा तिनीहरूमा ठोक्याएर दुर्घटना गराएपछि न्यूयोर्कको विश्व व्यापार केन्द्रका दुवै टावरहरू ढलका थिए ।