३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने



अ+ अ-

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गगर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।

ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फते जानकारी गराएअनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनानेछन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमको लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ ।

उनीहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउनुहुने वक्तव्यमा उल्लेख छ । शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्यूरोको सेप्टेम्बर ११ को जाँचसँग सम्बन्धित कागजातहरूको वर्गीकरण समीक्षा निरीक्षण गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरी आगामी छ महिनामा वर्गीकृत कागजातहरू सार्वजनिक गर्न निर्देशन गरेका थिए।

सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो । आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए ।अल कायदाका परिचालक निकायद्वारा अपहरण गरिएका विमानहरूलाई १०२ मिनेटको अवधिमा तिनीहरूमा ठोक्याएर दुर्घटना गराएपछि न्यूयोर्कको विश्व व्यापार केन्द्रका दुवै टावरहरू ढलका थिए ।