२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक कार्यान्वयन नगर्न आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानले नागरिकता विधेयक नेपालको हितमा नभएको भन्दै कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

अभियानका संयोजक युवराज सफलले एक प्रेस विज्ञप्ती जारी गर्दे “कथित नागरिकता विधयेक पास नगर्न तथा यदि पास भएको खण्डमा त्यसको कार्यान्वयन नगर्न आग्रह ,अटेर गरे जनकारबाही गर्ने चेतावनी दिनु भएको छ ।

बिज्ञप्तिमा भनिएको छ –

प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधयेक २०७९ प्रति नेकपा एकता राष्ट्रिय अभियानको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली नागरिकलाई नागरिकताविहिन अबस्थाबाट छुटकारा दिने प्रयोजनका बाहेक अन्य प्रयोजनबाट प्रेरित भई बैवाहिक अंगीकृत नागरिकलाई नागरिकता दिने प्रावधान हटाई लाखौँ गैर नेपाली नागरिकलाई नागरिकता दिन यो राष्ट्रघाती विधयेक ल्याएको नेकपा एकता राष्ट्रिय अभियानको ठहर रहेको छ । तसर्थ नागरिकता विधयेक पास गर्दा निम्न त्रुटीहरु भएको हाम्रो ठहर छ –

१. नागरिकता विधयेकको विषयमा संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने दलहरुको बीचमा व्यापक बहस छलफल नगरी हतारमा यो गलत मनासायका साथ यो विधयेक ल्याएको ।

२. रुपमा नागरिकताबिहिन नेपाली नागरिकको नाममा विधयेक ल्याएको भनिएपनि सारमा नेपाललाई फिजीकरण ,सिक्किमिकरण र भुटानीकरण बोटोमा लैजाने उद्धेश्यले नागरिकता विधयेक ल्याइएको हो ।

३. देशकै प्रमुख प्रतिपक्षी ,नागरिक समाज लगायतका विरोध हुँदाहुँदै पनि सो विधयेक ल्याइएको छ ।

४. नागरिकता विधयेक जस्तो विषयमा कथित बहुमत सदस्यको नाममा पारित गरिनु त्रुटी पुर्ण रहेको छ ,त्यसैले यस्ता राष्ट्रघाती विधयेक पास गर्ने नहुने यदि गर्दा पनि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको दुई तिहाई मतबाट मात्र पारित गर्ने व्यबस्था राख्न पर्ने देखियो ।

कथित नागरिकता विधयेक नेपालको हितमा नभएको हाम्रो धारणा रहेको छ ,नेपाली नागरिकलाई नागरिकता दिने प्रावधान बाहेकका प्रावधान कार्यान्वयन नगर्न गृह मन्त्रालय ,सम्पुर्ण जिल्ला प्रशासन कार्यालय ,इलाका प्रशासन कार्यालय लगायतलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ । साथै हाम्रो आग्रहलाई अटेर गरी कार्य गर्नेहरुलाई आवश्यक जनकारबाही गरिने समेत यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छौँ ।

अन्तिममा यो विधयेक पास गर्ने प्रतिनिधि सभाका सदस्यहरुलाई अभियानले सुक्ष्म निगरानी गरिरहेकोले त्यस्ता प्रतिनिधि सभा सदस्यलाई नेपाली जनताले जनकारबाही गर्ने समेत यसै वक्तव्य मार्फत सुचित गर्न चाहन्छौँ ।

मितिः२०७९।०४।०८
युवराज सफल
संयोजक
नेकपा एकता राष्ट्रिय अभियान