५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

न्यूजिल्याण्ड: सुपरमार्केटमा छुरा आक्रमण, ‘प्रतिआतङ्कवाद कानुन अझ कडा बनाइने’

न्यूजिल्याण्ड: सुपरमार्केटमा छुरा आक्रमण, ‘प्रतिआतङ्कवाद कानुन अझ कडा बनाइने’
अ+ अ-

न्यूजिल्याण्ड । प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले अकल्याण्डमा छुरा प्रहार गरेको घटना सार्वजनिक भएपछि न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले प्रति आतङ्कवाद सम्बन्धी कानुनलाई थप कडा बनाउने बताएकी छन्।

संसद्‌मा अहिले नै विचाराधीन रहेको उक्त प्रस्तावित कानुन यो महिना सकिनु अगावै पारित गरिने उनले उल्लेख गरिन्। हमलाकारी श्रीलङ्काको भएको र जुलाईमा रिहा हुनुअघि उनले तीन वर्ष जेलमा बिताएको उनले खुलासा गरेकी छन्।

उनले अदालतको आदेशले ती व्यक्तिलाई किन उनको देश फिर्ता गरिएन भनेर सार्वजनिक गर्न आफूलाई रोकेको बताइन्। आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेका थिए र उनले हमला गर्दै गर्दा गोली हानेर मारिदिएका थिए। हमलामा परेका तीन जनाको अवस्था गम्भीर छ।

पत्रकार सम्मेलनमा आर्डनले इतिहासलाई बदल्न सम्भवतः नसकिने भएपनि भविष्यलाई बदल्नसक्ने गरी कानुनमा परिवर्तन गर्न सबै जना तयार हुनुपर्ने धारणा राखिन्। उनले हमलालाई 'आतङ्कवादी आक्रमण' को संज्ञा दिँदै सेप्टेम्बर महिनाको अन्त्यसम्ममा प्रति आतङ्कवाद सम्बन्धी कानुनको परिमार्जनलाई संसद्ले समर्थन जनाउने विश्वास व्यक्त गरिन्।

एउटा सुपरमार्केटमा इस्लामिक स्टेट समूहको घोषित समर्थक रहेका ती श्रीलङ्काली पुरुषले सात जनालाई छुरा प्रहार गरेका थिए। शुक्रवारको आक्रमण अघि हमलाकारीलाई बारम्बार पक्राउ गरिएको थियो। तर प्रधानमन्त्री आर्डनका अनुसार समुदायभन्दा बाहिर उनलाई राख्ने सबै कानुनी प्रयास विफल भएका थिए।

हमला कसरी भयो ?
अकल्याण्डको एउटा सुपरमार्केट नजिकै शुक्रवार अपरान्ह उक्त घटना भएको थियो। विशेषज्ञहरू सहितको एउटा निगरानी समूहले उक्त व्यक्तिलाई घरदेखि सुपरमार्केटसम्म पछ्याएको थियो।

ती व्यक्तिका बारेमा चिन्ताहरू भए पनि उनले शुक्रवार नै हमला गर्ने योजना बनाएका थिए भन्ने कुनै आधार नरहेको अधिकारीहरूले उल्लेख गरेका छन्। उनी दैनिक उपभोग्य सामग्रीहरू किन्न त्यहाँ गइरहेको सुरक्षाकर्मीले ठानेका थिए।

तर स्टोरमा प्रवेश गरेपछि उनले छुरा निकाले र निरन्तर आक्रमण गर्न थाले। एक जना ग्राहकले स्थानीय सञ्चार माध्यमलाई ुपागल जस्तै दौडिएरु ती व्यक्तिले अरू मानिसहरूलाई आक्रमण गरेको सुनाए।

'मैले धेरै मानिसहरू चिच्याइरहेको सुनेँ,' उनले भनेका छन्। प्रहरी कमिश्नर एन्ड्रयु कोस्टरले हल्ला सुन्नेपछि प्रहरी तुरुन्तै भित्र गएर र सुरक्षाकर्मीहरूलाई छुराले हान्न खोज्दा उनलाई मारिदिएको बताए। यो सबै आक्रमण भएको ६० सेकेन्ड भित्र गरिएको प्रहरीको भनाइ छ।

आक्रमणकारीबारे हामीलाई के थाहा छ ?
अदालती कारबाही आदेशका कारण नाम उल्लेख गर्न नमिल्ने ती व्यक्ति न्यूजील्यान्डमा सन् २०११ मा विद्यार्थी भिसामा आएका थिए। सन् २०१६ मा उनी राष्ट्रिय सुरक्षा चासो भएका व्यक्ति बन्न पुगे।

उनले अँगालेको सिद्धान्तका कारण उनलाई २४ सै घण्टा पहरा र गहिरो निगरानीमा राखियो। स्थानीय मिडिया रिपोर्टका अनुसार आक्रमणकारी ३२ वर्षका छन् र आईएस प्रचारबाजी सामग्री राखेका कारण एक वर्षे निगरानीमा परेका थिए।

रिपोर्टहरूका अनुसार अभियोजनकर्ताहरूले उनलाई छुरा प्रयोग गरेर आतङ्कवादी आक्रमण गर्न योजना बनाएको आरोप लगाएका छन् तर न्यायाधीशले वर्तमान कानुन अनुसार आतङ्क आक्रमणको योजना बनाउनुलाई अहिलेको कानुन अनुसार कारबाही गर्न नमिल्ने बताए।

उनको इन्टरनेटमा 'सर्च हिस्ट्री' र 'बूकमार्क' मा इस्लामिक स्टेटका हिरोहरू, इस्लामिक स्टेट पोशाक र न्यूजील्यान्ड जेलका लुगा र खाना लगायत पाइएको थियो।

उनले मानिसहरूलाई आक्रमण गर्नु अगाडि नै उनलाई किन कारबाही नगरिएको भनेर प्रश्न उठेका छन् किनभने उनी गहिरो निगरानीमा नै थिए।

आक्रमणकारीका परिवार स्तब्ध र दुखि भएको आक्रमणकारीको आप्रवासी विषयमा सहयोग गरिरहेका वकिल डाभुड मनसुरी राडले बताए। (बीबीसी)