• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त

राससका प्रधानसम्पादक पाठकलाई ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार’



काठमाडौं । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक सम्मानित हुनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको पाँचौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले उहाँलाई पुरस्कार समर्पण गर्नुभएको हो । पुरस्कारको राशि रु दश हजार छ ।

विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादकरप्रकाशक ओमकार गौचनको नाममा स्थापित सो पुरस्कार पहिलोपटक राससकर्मी पाठकलाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

दुई वर्षअघि दिवङ्गत हुनुभएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुनुहुन्थ्यो । विसं २०४८ को संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ–३ को सांसदमा निर्वाचित हुनुभएको थियो । समाजसेवामा पनि उत्तिकै क्रियाशील उहाँले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गर्नुभएको थियो ।

“पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो”, ‘नयाँ विश्व’का सम्पादकसमेत रहनुभएका राजभण्डारीले भन्नुभयो ।

विसं २०३१ मा बागलुङमा जन्मनुभएका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उहाँसँग सोही विषय अध्यापनको अनुभवसमेत छ । पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेख÷रचना प्रकाशित छन् ।

विसं २०५६ मा समाचारदाताका रुपमा राससमा सेवा आरम्भ गर्नुभएका पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा हुनुहुन्छ ।

सोही समारोहमा चिकित्सक सागरकुमार राजभण्डारीलाई ‘नयाँ विश्व सम्मान–२०७९’ प्रदान गरिएको थियो । विसं २०१९ मा बागलुङमा जन्मनुभएका राजभण्डारी सरकारी सेवाबाट निवृत्त भई हाल भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले कोभिड–१९ को महाव्याधिका बेला पहिलोपटक सङ्क्रमितको उपचार सेवा सुरु गर्ने टेकु अस्पतालको कार्यकारी निर्देशक भएरसमेत काम गर्नुभएको थियो । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति पनि राजभण्डारी नै हुनुहुन्छ ।

त्यसअघि उहाँले बागलुङस्थित धवलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्रमुख चिकित्सकका रुपमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।