२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका प्रधानसम्पादक पाठकलाई ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार’



अ+ अ-

काठमाडौं । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक सम्मानित हुनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको पाँचौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले उहाँलाई पुरस्कार समर्पण गर्नुभएको हो । पुरस्कारको राशि रु दश हजार छ ।

विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादकरप्रकाशक ओमकार गौचनको नाममा स्थापित सो पुरस्कार पहिलोपटक राससकर्मी पाठकलाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

दुई वर्षअघि दिवङ्गत हुनुभएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुनुहुन्थ्यो । विसं २०४८ को संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ–३ को सांसदमा निर्वाचित हुनुभएको थियो । समाजसेवामा पनि उत्तिकै क्रियाशील उहाँले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गर्नुभएको थियो ।

“पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो”, ‘नयाँ विश्व’का सम्पादकसमेत रहनुभएका राजभण्डारीले भन्नुभयो ।

विसं २०३१ मा बागलुङमा जन्मनुभएका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उहाँसँग सोही विषय अध्यापनको अनुभवसमेत छ । पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेख÷रचना प्रकाशित छन् ।

विसं २०५६ मा समाचारदाताका रुपमा राससमा सेवा आरम्भ गर्नुभएका पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा हुनुहुन्छ ।

सोही समारोहमा चिकित्सक सागरकुमार राजभण्डारीलाई ‘नयाँ विश्व सम्मान–२०७९’ प्रदान गरिएको थियो । विसं २०१९ मा बागलुङमा जन्मनुभएका राजभण्डारी सरकारी सेवाबाट निवृत्त भई हाल भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले कोभिड–१९ को महाव्याधिका बेला पहिलोपटक सङ्क्रमितको उपचार सेवा सुरु गर्ने टेकु अस्पतालको कार्यकारी निर्देशक भएरसमेत काम गर्नुभएको थियो । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति पनि राजभण्डारी नै हुनुहुन्छ ।

त्यसअघि उहाँले बागलुङस्थित धवलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्रमुख चिकित्सकका रुपमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।