२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागिरे होइन पत्रकार बन्नूस्ः अध्यक्ष झा



अ+ अ-

हेटौँडा । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिनुभएको छ । रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले अब पत्रकारहरू कर्मकाण्डी पत्रकारिताबाट बाहिर आउनुपर्ने बताउनुभयो ।

“जनताको करबाट सञ्चालित संस्थामा काम गर्ने सञ्चारकर्मीले जनताका लागि सूचना दिनुलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ”, अध्यक्ष झाले भन्नुभयो, “राससमा काम गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो ।”

सत्यका आधारमा तथ्यपरक खबर दिनु राससको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम तथ्यपरक सत्य समाचार सञ्चारमाध्यमलाई उपलब्ध गराएर जनता सुसूचित गर्नु हो ।” अब कारण र परिणामसहितको सूचना जनतालाई दिनु राससको लक्ष्य हुने अध्यक्ष झाको भनाइ थियो ।

रासस वाग्मती कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राससका सञ्चालन समिति सदस्य शङ्कर खरेल, प्रशासन प्रमुख शीतल महतो, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी सेवाका वरिष्ठ सम्पादक नारायण घिमिरे लगायतले राससले उपलब्ध गराउने सेवा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।