१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको पक्षमा माओवादी छैन, विपक्षमा मतदान गर्छ– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रले संसद् बहिष्कार गरी यथास्थितिमा एमसीसी प्रस्तावलाई अनुमोदन गर्न सहयोग पुर्याउँछ भन्ने प्रचार गलत भएको बताउनुभएको छ ।

उहाँले आज एक ट्विट गर्दै प्रतिनिधिसभामा पेश गरिसकिएको एमसीसीलाई विफल बनाउन आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभएको छ । केही अनलाइनमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच एमसीसी पनि पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने जोगाउने समझदारी बनेको भन्ने समाचार आएका थिए । एमसीसी पारित गर्नका लागि माओवादी केन्द्रले प्रतिनिधिसभा बहिष्कार गर्ने र ध्वनिमतका आधारमा एमसीसी पारित गर्ने समझदारी बनेको भन्ने प्रचार गलत भएको नेता श्रेष्ठले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीले आठौँ महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौँ।”