१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको पक्षमा माओवादी छैन, विपक्षमा मतदान गर्छ– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रले संसद् बहिष्कार गरी यथास्थितिमा एमसीसी प्रस्तावलाई अनुमोदन गर्न सहयोग पुर्याउँछ भन्ने प्रचार गलत भएको बताउनुभएको छ ।

उहाँले आज एक ट्विट गर्दै प्रतिनिधिसभामा पेश गरिसकिएको एमसीसीलाई विफल बनाउन आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभएको छ । केही अनलाइनमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच एमसीसी पनि पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने जोगाउने समझदारी बनेको भन्ने समाचार आएका थिए । एमसीसी पारित गर्नका लागि माओवादी केन्द्रले प्रतिनिधिसभा बहिष्कार गर्ने र ध्वनिमतका आधारमा एमसीसी पारित गर्ने समझदारी बनेको भन्ने प्रचार गलत भएको नेता श्रेष्ठले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीले आठौँ महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौँ।”