• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

बजेट प्रकरण: संसदीय छानबिन समितिको बैठक जारी



काठमाडौँ । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको बैठक बसिरहेको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट सार्वजनिक गर्नु एक दिनअघि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गराएको भन्ने आरोप लागेपछि प्रतिनिधिसभाले विशेष संसदीय छानबिन समिति गठन गरेको छ ।

समितिलाई सहयोग पुगोस् भनेर शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिइसक्नुभएको छ । छानबिन गरी प्रतिवेदन पेश गर्न गठित समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिवद्वय तथा अन्य अधिकारीहरु सोधपुछ गरिसकेको छ ।

समितिले अनधिकृत व्यक्तिको संलग्नताबारे समाचार दिने अन्नपूर्ण दैनिकका दुई पत्रकारसँग पनि सोधपुछ गरिसकेको छ ।