९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश गुणवर्द्धने बने श्रीलंकाको प्रधानमन्त्री



अ+ अ-

कोलम्बो । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले वरिष्ठ सांसद तथा पूर्व विदेशमन्त्री दिनेश गुणवर्द्धनेलाई देशको आगामी प्रधानमन्त्री नियुक्त गरेका छन् । बिहीबार विक्रमासिंघेको सपथग्रहण समारोहअघि चार राजनीतिक स्रोतले यो जानकारी दिएको हो ।

विक्रमासिंघेका तर्फबाट गुणवर्द्धनेलाई प्रधानमन्त्री बनाउने सम्भावना पहिले नै थियो । अब विक्रमासिंघेले आफ्नो मन्त्रिपरिषद्मा कुन–कुन नाम घोषणा गर्ने, त्यसमा सबैको नजर छ । गुणवर्द्धने राष्ट्रपतिका पुरानो मित्र हुन् र उनीसँग लामो समयदेखि राजनीतिको बृहत् अनुभव छ।

गुणवर्द्धनेका बुबा फिलिप गुणवर्द्धने एक स्वतन्त्रता सेनानी थिए र भारत स्वतन्त्रता संग्राम लडिरहेको बेला उनी जेल पनि गएका थिए।

गुनावर्द्धनेले त्यही रोयल प्राइमरी स्कूलमा पढेका थिए जहाँबाट राष्ट्रपति विक्रमसिंहले आफ्नो स्कुल पढेका थिए। उनी देशको जनप्रशासन मन्त्री पनि भइसकेका छन् । गुणवर्द्धनेले युनिभर्सिटी अफ ओरेगन, अमेरिकाबाट बीबीए डिग्री गरेका छन्।

उनी भियतनाम युद्धलगायत अमेरिकामा भएका धेरै विरोध प्रदर्शनमा संलग्न छन् । विश्वविद्यालयपछि गुणवर्द्धनेले न्यूयोर्कमा काम गरे तर सन् १९७२ मा आफ्नो बुबाको मृत्युपछि उनी श्रीलंका फर्किए ।

गुणवर्द्धने सन् २०२० मा महिन्दा राजपक्षे सरकारमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए र उनी पूर्वप्रधानमन्त्रीसँग नजिक थिए। २०१५ देखि २०१९ सम्म जब देशमा मैत्रीपाला सिरिसेना र विक्रमासिंघेले शासन गरेका थिए, उनी विपक्षी दलका प्रभावशाली नेता थिए।

 




भर्खरै