२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० वडामा सर्वसम्मत, आठमा निर्वाचन



अ+ अ-

खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारीदिनुभयो ।

सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिननुभयो । 

जिल्लामा छ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, खोटेहाङ , साकेला र बराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो । 

वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।