९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासद्वारा कम्प्युटर प्रयोगशालाको स्तरोन्नति



अ+ अ-

पाकिस्तानका राजदूत सैयद हैदर हाह र कागेश्वरी मनोहर नगरपालिका– ८ का वडाध्यक्ष र हरिभक्त पुडासैनीले संयुक्तरुपमा कागेश्वरी मनोहर–८ स्थित श्रमशील विद्यालयमा कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।

पाकिस्तानको स्वतन्त्रताको ७५ औँ वर्षको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा प्रयोगशालाको नवीकरण र स्तरोन्नति गरिएको हो।

उद्घाटन समारोहमा वडाध्यक्ष पुडासैनीले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।

विद्यालयका अध्यक्ष कमलप्रसाद दाहालले पाकिस्तानी राजदूतावासको सहयोगको प्रशंसा गर्दै नयाँ र स्तरोन्नति गरिएको कम्प्युटर प्रयोगशाला विद्यार्थीहरूका लागि बहुमूल्य सिकाइ उपकरण हुने बताउनुभयो। उहाँले स्तरोन्नति कम्प्युटर प्रयोगशालाले नेपाली विद्यार्थीहरूप्रति पाकिस्तानको मित्रता र न्यानोपन झल्काउने बताउनुभयो।

राजदूत शाहले नेपालको शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालको सामाजिक–आर्थिक विकासका लागि पाकिस्तानी दूतावासले सम्भावित हरसम्भव सहयोग गर्ने भूमिकामाथि प्रकाश पार्नुभयो ।

उहाँले डिजिटल डिभाइडलाई कम गर्न कम्प्युटर साक्षरता अपरिहार्य रहेकोमा जोड दिनुभयो। उहाँले नेपाली विद्यार्थीलाई सुलभ शुल्कमा उच्च गुणस्तरको शैक्षिक सुविधा उपलब्ध गराउन नेपालसँग मिलेर काम गर्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याउनुभयो।