३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाउका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन् । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाएका हुन् । 

आइतबार उनले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्ने भएको हो । संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आएका हुन् र उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका छन्– महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् । 

उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गरेका छन् । त्यसअवसरमा उपमहासचिव ग्रिफिथले यहाँका तालिबान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए । 

देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेका थिए । त्यसअवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए । 

उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबानहरु सजग रहेको बताएका थिए ।