३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गरेका छन् । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गरेको महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् । 

गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन् । गुएनामा सुरक्षा फौजको प्रयोग गरी शक्ति हत्याइएको र यहाँका राष्ट्रपति अल्फा कोन्डेलाई बन्दी बनाइएको छ । 

महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भनेका छन्– गुएनामा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु ।  उनले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको पनि बताएक छन् ।