• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

श्रीलंकामा आज नयाँ राष्ट्रपतिको टुंगो लाग्ने, रनिल विक्रमासिंघे दौडमा अगाडि



कोलम्बो । श्रीलंकामा गोटाबाया राजापाक्षेको राजीनामापछि देशमा जारी अस्थिरताका बीच प्रधानमन्त्रीबाट कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेसहित तीन नेताहरू बुधबार श्रीलंकाको राष्ट्रपतिको लागि मैदानमा हुनेछन् ।

विक्रमासिंघेले पूर्वराष्ट्रपति राजापाक्षेको पार्टी श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) को एक भागको समर्थनमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

समगाई जन बलवेगया (एसजेबी) अर्थात युनाइटेड पिपुल्स पावर पार्टीका नेता तथा प्रतिपक्षी दलका नेता सजित प्रेमदासा चुनावी मैदानबाट पछि हटेका छन् ।

त्यसैगरी राष्ट्रपतिका लागि राजापाक्षे सरकारका पूर्वसञ्चारमन्त्री तथा एसएलपीपी सदस्य दुल्से अल्हप्परुमाको नाम प्रस्ताव गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार एसजेबी र एसएलपीपीका खण्डहरू बीचको सम्झौतामा अल्हप्परुमाले राष्ट्रपतिमा विजयी भएमा सजित प्रेमदासालाई प्रधानमन्त्री नियुक्त गरिने छ।

मार्क्सवादी पार्टीकी नेतृ अनुरा कुमार डिसनायकेको नाम तेस्रो दावेदारका रूपमा दौडमा परेको छ ।

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भाग्न बाध्य

सन् २०२० को संसदीय निर्वाचनमा २२५ सिटमध्ये १४५ सिट जितेको एक समयको शक्तिशाली महिन्दा राजापाक्षको एसएलपीपी अहिले दुई भागमा विभाजित भएको छ।

भ्रष्टाचारको आरोपमा राजापाक्षे परिवारको व्यापक सार्वजनिक अलोकप्रियतापछि पार्टी फुटेको छ । ऋणमा डुबेको अर्थतन्त्र र आकाश छोएको मुद्रास्फीतिको बोझले दबिएका जनताको लगातार तीन महिनाको विरोधपछि पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नुपरेको थियो।

मानिसहरूले राजापाक्षेलाई ठूलो कर कटौती, खाद्य उत्पादनमा गिरावट र अधिकांश किसानहरूको रोजगारी गुमाउने जस्ता धेरै अप्रत्याशित निर्णयहरूका लागि दोष दिएका छन्।

इन्धन, खाना पकाउने ग्यास, औषधि, खाद्यान्न र मलको अभावमा जनता ३१ मार्चदेखि सडकमा उत्रिए र बढ्दो जनआन्दोलनका बीच महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्ले मे ९ मा तथा राष्ट्रपति गोटाबायाले जुलाई ९ मा राजीनामा दिनुपरेको थियो ।

वास्तवमा जनताको आक्रोश दिनानुदिन बढ्दै गएकाले उनले बाध्यतामा राजीनामा दिनुपर्‍यो । प्रदर्शनकारीले उनको सरकारी निवास, कार्यालय र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेका थिए ।

राजापाक्षे त्यसपछि माल्दिभ्स र पछि सिंगापुर भागेका थिए जहाँबाट उनले राजीनामाको घोषणा गरेका थिए। राष्ट्रपतिको अनुपस्थितिमा विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो।
एजेन्सीको सहयोगमा