२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता सौगात मल्ल अभिनय रहेको फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक



अ+ अ-

एजेन्सी । अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहेको नेपाली फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रचार–प्रसार सुरु गर्ने योजनासहित फिल्मको फष्टलुक पोष्टर बाहिर ल्याएको हो ।

पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुप क्यारेक्टर लुक्समा देखाइएको छ । झुमा लिम्बु र गंगा थापाको संगीत, अखिलेश राईको सम्पादन रहेको फिल्मको केही समयपछि टिजर र प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

सन् १८ सयको दशकको अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनाको बिषयमा फिल्म बनेको हो । त्यसैले फिल्मको सबै छायाँकन सिक्किममै गरिएको छ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्म इन्द्रबहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले ‘होप रिल एण्ड एलए सर्ट्स’ को सहकार्यमा फिल्म निर्माण गरेको हो ।