३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता सौगात मल्ल अभिनय रहेको फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक



अ+ अ-

एजेन्सी । अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहेको नेपाली फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रचार–प्रसार सुरु गर्ने योजनासहित फिल्मको फष्टलुक पोष्टर बाहिर ल्याएको हो ।

पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुप क्यारेक्टर लुक्समा देखाइएको छ । झुमा लिम्बु र गंगा थापाको संगीत, अखिलेश राईको सम्पादन रहेको फिल्मको केही समयपछि टिजर र प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

सन् १८ सयको दशकको अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनाको बिषयमा फिल्म बनेको हो । त्यसैले फिल्मको सबै छायाँकन सिक्किममै गरिएको छ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्म इन्द्रबहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले ‘होप रिल एण्ड एलए सर्ट्स’ को सहकार्यमा फिल्म निर्माण गरेको हो ।