२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने



अ+ अ-

ललितपुर । पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र करिब ४० प्रतिशत इँटा फेरिन लागिएको हो । गत फागुन १२ मा क्षमापूजा गरी चैत १ देखि मन्दिर जीर्णेद्धारको काम सुरु गरिरहेको देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छ तले मन्दिरमा तल भुइँ तलाबाट काठ फेर्दै आउँदा दुई तलासम्मको काठ फर्ने काम सम्पन्न भयो । बाँकी अब माथि चार तलाको काम सुरु गर्नेछौँ ।” सो मन्दिर निर्माणमा भक्तपुरका कामदार खटिरहनुभएका प्रधानले जानकारी गराउनुभयो । सो मन्दिर निर्माणमा सरकारबाट प्राप्त रु आठ करोड र ललिपतुर महानगरपालिकाबाट प्रदान रु दुई करोड गरी कूल रु १० करोड खर्च हुने अनुमान छ । उहाँले भन्नुभयो, “मन्दिरका लागि ४० प्रतिशत नयाँ इँटा किन्नुपर्छ । मन्दिरलाई पुरानो शैलीमा निर्माण गराउन आवश्यक सामग्री प्रयोग गरिनेछ ।” मन्दिर जीर्णेद्धारको काम थालिएसँगै देगुतलेजु भवानीअर्थात् भगवतीलाई अन्यत्रै सारी पूजापाठ भईरहेको छ ।

राजा शिवसिंह मल्लका शासनकालमा गुरुपदवी धारणा गरेका लम्बकर्ण भट्टले कान्तिपुर र ललितपुर दुवै सहरमा देगुतलेजु मन्दिर स्थापना गरेको जनाइएको छ । त्यसैगरी १७४९ सालमा राजा योगनरेन्द्र मल्लले प्रस्तर स्तम्भ माथि आफ्ना दुई रानीसहित आफ्ना प्रतिमा राखेका र विसं १९९० को भूकम्पमा पूर्णरुपमा भत्किएको सो मन्दिर श्री ३ जुद्ध शमशेरले जगैदेखि नयाँ बनाएको जनाइएको छ ।

२०७२ सालको भुकम्प जानुभन्दा अगाडिको देगुतलेजु मन्दिर

छत्र शैलीमा निर्माण भएको सो मन्दिर जीर्णेद्धार गर्ने क्रममा हाल मन्दिरबाट झिकिएका टुँडाल, गजूर, तोरण, आदि महत्वपूर्ण वस्तु सुरक्षित स्थानमा राखिएको समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताउनुभयो । सो मन्दिर जीर्णेद्धारको प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) को जिम्मामा अघि बढेको साइट इञ्जिनियर प्रणाम होराले बताउनुभयो ।