२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी माग्दै गोरु बिहे



अ+ अ-

कपिलवस्तु नवलपरासी। बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।

कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको बडघर (समुदायको अगुवा) खोज्दै हिँडे । गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गोरु बिहे’ गर्न भनेर महिला हिँडेका हुन् । त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो । पश्चिमनवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताउनुभयो । बडघरलाई रातभरि थुनेपछि भगवान् खुसी भएर वर्षा हुने विश्वासअनुसार महिला बडघरको अपहरण गर्न पुरुषको भेषमा निस्केका हुन् । वर्षा नभएपछि थारू समुदाय यसरी पानी माग्दै हिँड्छन् । बडघर फेलापरेपछि बाँधेर आफ्नो गाउँमा ल्याउने थारू अगुवा शिवाली थारूले बताउनुभयो । बडघरसँगै हरेक घरमा रहेका हलो, कोदालोसमेत खोसेर ल्याउने गर्छन् ।

थारू प्रचलनअनुसार बाँधेर गाउँमा ल्याइएको बडघरलाई कोठामा ताल्चा लगाएर रातभर थुनेर राख्ने गरिन्छ । थुनामा रहेका बडघरले थारू खानाका परिकार, मदिरा सेवन गराउने धार्मिक मान्यता रहेको छ । बडघरलाई थुुनामुक्त गरेपछि वर्षा हुने र खेती बाली हुर्किने विश्वास रहेको प्रदर्शनमा सहभागी चमेली थारूले बताउनुभयो । बडघर थुनेको रात महिला सजनीभाका ९पानी पार्न गाइने० गीत गाउँदै हलो जोत्ने गर्छन् । लामो समयसम्म पानी परेन भने थारू समुदायले ‘गोरु बिहे’ प्रदर्शन गर्ने गरेको पत्रकार सीताराम चौधरीले बताउनुभयो ।

गोरखापत्रबाट साभार