२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी माग्दै गोरु बिहे



अ+ अ-

कपिलवस्तु नवलपरासी। बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।

कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको बडघर (समुदायको अगुवा) खोज्दै हिँडे । गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गोरु बिहे’ गर्न भनेर महिला हिँडेका हुन् । त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो । पश्चिमनवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताउनुभयो । बडघरलाई रातभरि थुनेपछि भगवान् खुसी भएर वर्षा हुने विश्वासअनुसार महिला बडघरको अपहरण गर्न पुरुषको भेषमा निस्केका हुन् । वर्षा नभएपछि थारू समुदाय यसरी पानी माग्दै हिँड्छन् । बडघर फेलापरेपछि बाँधेर आफ्नो गाउँमा ल्याउने थारू अगुवा शिवाली थारूले बताउनुभयो । बडघरसँगै हरेक घरमा रहेका हलो, कोदालोसमेत खोसेर ल्याउने गर्छन् ।

थारू प्रचलनअनुसार बाँधेर गाउँमा ल्याइएको बडघरलाई कोठामा ताल्चा लगाएर रातभर थुनेर राख्ने गरिन्छ । थुनामा रहेका बडघरले थारू खानाका परिकार, मदिरा सेवन गराउने धार्मिक मान्यता रहेको छ । बडघरलाई थुुनामुक्त गरेपछि वर्षा हुने र खेती बाली हुर्किने विश्वास रहेको प्रदर्शनमा सहभागी चमेली थारूले बताउनुभयो । बडघर थुनेको रात महिला सजनीभाका ९पानी पार्न गाइने० गीत गाउँदै हलो जोत्ने गर्छन् । लामो समयसम्म पानी परेन भने थारू समुदायले ‘गोरु बिहे’ प्रदर्शन गर्ने गरेको पत्रकार सीताराम चौधरीले बताउनुभयो ।

गोरखापत्रबाट साभार