२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि जर्मनीका राजदूतको निधन, निधनको कारण गोप्य राखियो



अ+ अ-

काठमाडौं । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । ५४ वर्षिय राजदूत जन हेकरको चीनको बेईजिङमा भर्खरै मात्र पोस्टिङ भएको थियो ।

उनको २४ अगस्टमा पोस्टिङ भएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । राजदूत जन हेकर जर्मन चान्सलर एन्जेला मर्केलका पूर्व विदेश नीति सल्लाहकार पनि थिए ।

जर्मनी सञ्चारमाध्यहरुले उल्लेख गरे अनुसार राजदूत जन हेकर बेईजिङमा आफ्नो पोस्टिङ भएपछि आफ्नी श्रीमती र तिन बच्चाहरुको साथमा आएका थिए । राजदूत जन हेकरको निधनको कारण भने गोप्य राखिएको छ ।