३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि जर्मनीका राजदूतको निधन, निधनको कारण गोप्य राखियो



अ+ अ-

काठमाडौं । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । ५४ वर्षिय राजदूत जन हेकरको चीनको बेईजिङमा भर्खरै मात्र पोस्टिङ भएको थियो ।

उनको २४ अगस्टमा पोस्टिङ भएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । राजदूत जन हेकर जर्मन चान्सलर एन्जेला मर्केलका पूर्व विदेश नीति सल्लाहकार पनि थिए ।

जर्मनी सञ्चारमाध्यहरुले उल्लेख गरे अनुसार राजदूत जन हेकर बेईजिङमा आफ्नो पोस्टिङ भएपछि आफ्नी श्रीमती र तिन बच्चाहरुको साथमा आएका थिए । राजदूत जन हेकरको निधनको कारण भने गोप्य राखिएको छ ।