२७ भाद्र २०८३, शनिबार
,
Latest
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि सोमवार चार टोलीको घोषणा गरिएको छ ।

असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय मालिक रहेका छन् ।

कान्तिपुर क्यापिटल नाम भएको नेपाली टोलीमा कान्तिपुरका महेश स्वार मालिक रहेका छन् । लुम्बिनी अल स्टार नाम रहेको दोस्रो टोलीमा अमेरिकी मालिक सञ्जय शर्मा छन् भने भारतीय विक्रम यादव मालिक रहेको विराटनगर सुपरकिंग्ससँग डायमन्ड डिजिक्याप प्रा.लि. जोडिएको छ । यस्तै अर्को भारतीय टोली जनकपुर रोयल्ससँग गोल्ड स्पोटर््स प्रा.लि. जोडिएको छ । जनकपुरमा गौरीशंकर धमानी मालिक रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । बाँकी दुई टिमको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ । क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी) ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।

नेपाल क्रिकेट संघको ड्रीम प्रोजेक्ट हेरिएको टी–२० लिग आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली त्रिकेट, नेपाली क्रिकेट खेलाडीलाई लाभान्वित होस् भन्ने रहेको जनाएको छ । क्यानले भारतको सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यवसायिक र रणनीतिक साझेदारका रुपमा भित्र्याएको छ । यद्यपि सम्झौताको विषयमा लिएर विभिन्न टिका टिप्पणी भएका छन् ।