२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–२० साफ च्याम्पियनसिपका लागि खेलाडी घोषणा



अ+ अ-

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपका लािग सोमवार २३ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका युवा मिडफिल्डर आयुष घलानसहित ए डिभिजन लिग खेलाडीलाई समेट्दै २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् । जुलाई २५ देखि आयोजना हुने च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका रहेको छ भने भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग प्रणालिमा आयोजना हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । फाइनल खेल अगस्ट ५ हुनेछ ।

यु २० टोलीमा गोलकिपर ईश्वर गुरुङ, उनेस चौधरी, जियारत सेख रहेका छन् भने डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा छन् । यस्तै मिडफिल्डर दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी, आयुश घलान छन् । मुख्य प्रशिक्षक केसी स्ट्राइकरको जिम्मा दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गीलाई दिने योजनामा रहेका छन् ।