२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–२० साफ च्याम्पियनसिपका लागि खेलाडी घोषणा



अ+ अ-

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपका लािग सोमवार २३ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका युवा मिडफिल्डर आयुष घलानसहित ए डिभिजन लिग खेलाडीलाई समेट्दै २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् । जुलाई २५ देखि आयोजना हुने च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका रहेको छ भने भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग प्रणालिमा आयोजना हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । फाइनल खेल अगस्ट ५ हुनेछ ।

यु २० टोलीमा गोलकिपर ईश्वर गुरुङ, उनेस चौधरी, जियारत सेख रहेका छन् भने डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा छन् । यस्तै मिडफिल्डर दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी, आयुश घलान छन् । मुख्य प्रशिक्षक केसी स्ट्राइकरको जिम्मा दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गीलाई दिने योजनामा रहेका छन् ।