• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

नागरिकता विधेयकमा विदेशी बुहारीलाई ७ वर्षको सीमा राख्न सांसद पाठकको संशोधन प्रस्ताव



काठमाडौँ । नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

उनले नेपाली नागरिकसँग विवाह गरेर आउने महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

सरकारले भने संसद्मा प्रस्तुत गरेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग बिहे गरेलगत्तै नागरिकता पाउने व्यवस्था गरेको छ । सांसद पाठकले त्यस्ता महिलाले नेपालमा लगातार ७ वर्ष बसेपछि मात्र अंगीकृत नागरिकता प्राप्त गर्न व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

उनको संशोधन प्रस्तावमा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपाली नागरिकसरह नागरिकता दिनुपर्ने उल्लेख छ ।