२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलेश्वरधाम जाने भक्तजनको सुविधालाई लक्षित गरी बेनी–गलेश्वर सडक मर्मत



अ+ अ-

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ । पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमबारका दिन पूजा र दर्शन गर्न जाने भक्तजनको सुविधालाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो ।

सडकखण्डमा सानाठूला सवारीसाधन आवतजावतमा सहज हुनेगरी ठाउँठाउँमा ग्राबेल गर्नाका साथै स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी–७ का वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतबार नियमित मर्मत गरिने श्रेष्ठले बताउनुभयो ।

सडकखण्डको मर्मत तथा जोखिमस्थानको स्थलगतरुपमा अनुगमनका लागि नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, वडा नं ७ का वडाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाललगायत संलग्न एक समिति गठन गरिएको छ ।

नगरप्रमुख केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र बेनी–जोमसोम सडक निर्माण आयोजनालाई बेनी–गलेश्वर क्षेत्रको जोखिमपूर्ण ठाउँको बाँकी काम तत्काल सम्पन्न गर्नसमेत ध्यानाकर्षण गरिएको बताउनुभयो । नगरपालिकाले भक्तजनको सहजताका लागि आकस्मिकरुपमा काम गरेको भए पनि आयोजना पक्षसँग सडक स्तरोन्नतिका लागि निरन्तर दबाब दिने नगरप्रमुख केसीको भनाइ छ ।




भर्खरै