३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलेश्वरधाम जाने भक्तजनको सुविधालाई लक्षित गरी बेनी–गलेश्वर सडक मर्मत



अ+ अ-

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ । पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमबारका दिन पूजा र दर्शन गर्न जाने भक्तजनको सुविधालाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो ।

सडकखण्डमा सानाठूला सवारीसाधन आवतजावतमा सहज हुनेगरी ठाउँठाउँमा ग्राबेल गर्नाका साथै स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी–७ का वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतबार नियमित मर्मत गरिने श्रेष्ठले बताउनुभयो ।

सडकखण्डको मर्मत तथा जोखिमस्थानको स्थलगतरुपमा अनुगमनका लागि नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, वडा नं ७ का वडाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाललगायत संलग्न एक समिति गठन गरिएको छ ।

नगरप्रमुख केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र बेनी–जोमसोम सडक निर्माण आयोजनालाई बेनी–गलेश्वर क्षेत्रको जोखिमपूर्ण ठाउँको बाँकी काम तत्काल सम्पन्न गर्नसमेत ध्यानाकर्षण गरिएको बताउनुभयो । नगरपालिकाले भक्तजनको सहजताका लागि आकस्मिकरुपमा काम गरेको भए पनि आयोजना पक्षसँग सडक स्तरोन्नतिका लागि निरन्तर दबाब दिने नगरप्रमुख केसीको भनाइ छ ।