५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट लिग दुईः नेपाल स्कटल्याण्डसँग पराजित



अ+ अ-

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ ।

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।

स्कटल्याण्डका लागि कलुम म्याकलिओडेले सर्वाधिक ६४ रनको योगदान दिए । २९ बलमा उनले १० चौका र ३ छक्कासहित ६४ रनको योगदान दिएका हुन । त्यस्तै काइल कोट्जरले ४४ रन जोडे । ५२ बल खेलको उनले ७ चौकाको मद्दतमा ४४ रन जोडेका हुन ।

नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने सन्दीप लामिछाने २२ रनमा आउट भए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०र१० रन बनाए ।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख शून्य रनमा आउट भए । स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट झारे ।

त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जीत हात पा¥यो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । त्यस्तै नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो ।