• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई

प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता



काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता भएको छ ।

दिल्ली स्थित पण्डित दिन दयाल उपाध्याय मार्गमा रहेको भाजपाको मु्ुख्यालयमा उहाँहरु बीच भेटवार्ता भएको हो । माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा नै गत शुक्रबार नयाँदिल्ली जानु भएको थियो ।

भेटमा भाजपा विदेश बिभाग प्रमुख बिजय चौथाईवाले र विदेशमन्त्री जयशंकर पनि सहभागी हुनुहुन्थ्यो। आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्कने कार्यक्रम रहेको छ ।।