१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मीलाई बलि ! शिखर बाबाको आपत्ति



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिका महालक्ष्मीस्थानस्थित प्राचीन महालक्ष्मी मन्दिरमा बलि चढाएको घटनाको शिखर बाबाले आपत्ति जनाउनुभएको छ । सो मन्दिरमा हालै पुगेका बेला बोका बलि चढाएको देख्दा आफू स्तब्ध भएको सिद्ध पुरुष शिखर बाबाले बताउनुभएको हो ।

उहाँले नेपालमा अहिले पनि बलि प्रथाको अन्त्यको बहस बडो तार्किक र जोडतोडका साथ उठिरहेको बताउँदै त्यसमा पनि महालक्ष्मी मन्दिरमा यसरी बलि चढाएको देख्दा आफू स्तब्ध भएको र यस्तो घटनाले आश्चर्यचकित तुल्याएको बताउनुभएको छ ।

बलि दिएको देखेपछि फेसबुकमा स्टाटस लेख्दै उहाँले जहाँ लक्ष्मीको मन्दिर छ त्यहाँ लक्ष्मीनारायण अर्थात् विष्णु भगवान रहन्छन् भन्दै विष्णुभक्तहरुले कदापि बलि नदिने पनि उल्लेख गर्नुभएको छ । उहाँले यो चराचर जगतका सबै प्राणीमा मानव कल्याणको जरुरत छ भन्दै कुनै पशु या जनावरलाई बलि दिनु आफ्नै सन्तानलाई दिनु सरह हो भनेर यस्तो प्रथा रोक्न अनुरोध पनि गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ– “ललितपुर महानगरपालिका महालक्ष्मीस्थान स्थित रहेको प्राचिन महालक्ष्मीनारायण मन्दिरमा बलि चढाएको देख्दा म स्तब्ध भएँ।हामी जो बलि प्रथालाई नमान्ने तथा विष्णु भक्त जो विष्णुलक्ष्मीलाई बलि दिदैन त्यस्ता पवित्र स्थानमा बलि चडाएको देख्न सकेनौं । यस कारणले स्तब्ध तथा आश्चर्य चकित भएका छौं। त्यस्को अन्त्य यस समिति एवम् विद्द्वत वर्गको ध्यान जाओस् भन्ने आशा गर्दछौं ।

अहिले विश्वकै र खासगरी हाम्रो वैदिक सनातन धर्मले त अझै स्विकार गरेकै विषय हो। चराचर जगत सबै सन्तान हुन्। चाहे पशु हुन् या मानव हुन्।त्यसैले मानिसले अरु कुनै प्राणीको हत्या गर्नु अपराध हो। यस जगतका सबै प्राणी आफ्नै सन्तान सरह हुन्छ। त्यसो भए के मानिसले आफ्नो सन्तानलाई यसरी बलि दिन सक्छ तरुत्यसैले मेरो विनम्र अनुरोध छ यो बलि प्रथा महालक्ष्मी मन्दिर र सबै तिर बन्द गरौं ।”