काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन जोड्यो ।
नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड विएसले ३४ रन जोडे भने जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए भने बसिर अहमदले १ विकेट लिए ।