९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको उपेन्द्र यादवको दाबी



अ+ अ-

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राजनीतिक कतैन कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाडिएर आउने गरेको पनि उल्लेख गर्नु भयो । उहाँले भन्नुृ भयो, ‘कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई तय गर्दा भू राजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ । त्यसैले सायद ध्यान दिएर नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ । अव भू राजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन । अहिले हामीले हेरिरहेको युक्रेन र रसियाको वार जियो पोलिटिक्सकै महत्वपूर्ण प्रभावले हो । अफगानिस्तान वा श्रीलंकामा अहिलेदेखि पहिले भएका उथलपुथलहरु भू राजनीतिकै प्रभाव हो ।

कोरिया दुईटा हुनु भू राजनीतिकै प्रभाव हो । ताईवान पनि भूराजनीतिकै प्रभाव हो । इराक युद्ध भूराजनीतिकै प्रभाव हो । र, यो भूराजनीतिको प्रभावबाट आफ्नो मुलुकको इन्ट्रष्ट, आफ्नो मुलुकको सार्वभौमसत्ता, आफ्नो मुलुकको आर्थिक उन्नति, आफ्नो मुलुकको सुरक्षा र आफ्नो मुलुकको संस्कृति र सम्पन्नतालाई कसरी बढाउने, कसरी संरक्षण गर्ने यी महत्वपूर्ण विषय निश्चित रुपमा भूराजनीतिसँग जोडिएका विषयहरु हुन । भू राजनीतिमा नेपालको पोजिशन हेर्दाखेरी बडो समवेदनशील छ । र, हुँदै गएको छ । निश्चित रुपमा पछिल्लो चरणमा रशियाले युक्रेनमाथि गरेको आक्रमण, त्यसको समर्थन गर्न सक्ने अवस्थामा छौ हामी । तर हामी दुई विशेष छिमेकी मुलुक भारत र चीनले तटस्थ बसेको अवस्थामा नेपालले एउटा पक्षमा भोटिङ गर्ने कार्यले कहीँ हाम्रो पुरानो स्टयाण्डमा विचलित त हामी भएका छैनौं ? यस्तो हामीले देखिराखेका छौं ।

छिमेकी मुलुक तटस्थ रहेको अवस्थामा, भोटिङ गर्न नसकेको अवस्थामा नेपाल पनि एवसेन्ट भईदिएको भए वा अलि विचार पु¥याएको भए उचित हुन्थ्यो भन्ने कुरा आज विद्धानहरुले, डिभ्लोम्याट्सहरुले भनिरहेका कुरा हुन । र, यस्ता कार्यहरुबाट अलि जोगिनु पर्दछ । हाम्रो मुलुक ल्याण्डलक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रुपमा अहिले पनि अस्थिरनै छ । यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँसँगसँगै म उहाँकै क्याविनेटको उपप्रधानमन्त्री थिए । म पूर्व भए । केही दिन पछि उहाँ पनि पूर्व हुनु भएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतैन कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखिनै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन ।’

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उहाँको भनाई थियो । मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भू राजनीतिकले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढनुपर्ने अध्यक्ष यादवले बताउनु भयो ।