१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

राजविराज । सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गाई चराउन जङ्गलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार गर्ने क्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए । सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

मृतकको शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ । सदा गाउँभरिका गाईवस्तु दैनिक चराउने काम गर्दै आएको स्थानीयवासीको भनाइ छ ।