• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

हतियार खरिदका लागि छुट्याईएको रकम बारे स्पष्ट पार्न प्रधानमन्त्री देउवासँग एमालेको माग



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौंला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नु भएको हो । उहाँले सो सम्बन्धमा प्रधानमन्त्री देउवाले संसद बाहिर कुरा उठाए पनि संसद भित्र जानकारी नगराएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद खरेलले झापा जिल्लाको विभिन्न स्थानमा जंगली हात्ति आतंकका कारण धानबाली समेत लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि ठूलो रकम छुट्टयाइएको कुरा उठिराखेको छ । र, सरकार चीन र भारतबाट तालमेल गरिरहेको कुराहरु बुझिएको छ । र, यस सम्बन्धमा संसदमा धेरै कुराहरु उठिराखेको छ । यस सम्बन्धमा प्रधानमन्त्रीज्यूले बाहिर कुनै कोठामा यस सम्बन्धमा हतियार ल्याईन्न भन्ने कुराहरु उठाउनु भएको कुरा सुन्नमा आएको छ । तर यो सम्मानित सदन भित्र सम्माननीय प्रधानमन्त्रीज्यू आएर किन यो कुराहरु भन्न सक्नुहुन्न । तत्काल सम्माननीय प्रधानमन्त्री संसद भित्र आएर यो कुरा प्रष्ट पार्नु पर्छ भन्ने कुरा म सभामुख मार्फत यो कुरा राख्न चाहन्छु । गत असार १४ गतेबाट २५/३० वटा जंगली हात्तिको बथानले झापा जिल्ला अर्जनधारा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ नम्बर वडाहरु र विर्तामोडको ६, ७ र ८ नम्बर वडाहरुमा हात्ति आतंक मच्चिएको छ । र, त्यस क्षेत्रका किसानहरु अत्यन्त प्रताडित छन । धानको विउको अभाव छ । त्यसको तत्काल व्यवस्था गर्नु पर्यो ।’

सांसद खरेलले धानबाली लगाउने बेलामा धानको विउको समेत किसानलाई सरकारले व्यवस्था गर्न नसकेको गुनासो पनि गर्नु भयो ।