९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कानूनमन्त्रीको प्रतिशोधको सिकार भएँ : रेणुका साह (भिडियोसहित)

सर्वोच्च भन्दा कानूनमन्त्री र परिषद् माथी हो ?

कानूनमन्त्रीको प्रतिशोधको सिकार भएँ : रेणुका साह (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । न्याय परिषद्को सिफारिसमा बर्खास्त हुनुभएकी न्यायाधीश रेणुका साहले कानूनमन्त्री गोविन्द बन्दी (गोविन्दप्रसाद कोइराला) ले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रबार साहले सबै प्रक्रिया पुर्याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानूनमन्त्री बन्दीले आफ्ना पिता एवं पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँगको प्रतिशोध आफूमाथि साँधेको बताउनुभयो ।

उहाँले नियुक्त भएर काम गरिसकेको यो अवधिसम्म कामु प्रधानन्यायाधीश कार्कीसहित न्यायपरिषद्ले कार्यक्षमता, व्यवहार र आचरण तथा कार्यदक्षतामा प्रश्न नउठाएको भन्दै कानूनमन्त्री बन्दीले मन्त्री बनेपछि आफ्नो नाम कमाउन योजनाबद्ध तरिकाले बर्खास्त गरेको बताउनुभयो ।

“अहिले म किन अयोग्य भएँ ? साढे तीन वर्ष नियुक्तिको प्रक्रिया पूरा भइसकेपछि फेरि फर्किएर नियुक्तितिर जानु भनेको प्रतिशोधको कारणले भइरहेको छ । यो प्रायोजितरुपमा भएको जस्तो मलाई लागेको छ । यो बीचमा मलाई एकपटक पनि कामु प्रधानन्यायधीशले रेणुका साहको कार्यक्षमता, दक्षता, आचरण, व्यवहारमा कुनै प्रश्न गर्नुभएको छैन”, उहाँले भन्नुभयो, “जबदेखि नयाँ कानूनमन्त्री नियुक्त हुनुभयो, गोविन्द कोइराला, उहाँ बिल्कुलै प्रतिशोधको भावनाले आउनुभएको छ । प्रतिशोध कसलाई हो तर मलाई टार्गेट बनाइयो । म न्यायपालिकामा सुदृढीकरण गर्छु भन्नुभएको छ । तर यो कुरा योजनाबद्ध तरिकाले आएको छ ।”

“एउटा ट्र्याकमा हिँडिरहेको मान्छेलाई कसरी फाल्दा काम गर्न आफूलाई सजिलो हुन्छ र जनताको अघि अयोग्य देखाउन सजिलो हुन्छ भनेर प्रायोजितरुपमा ल्याइएको छ ।अहिलेका कानूनमन्त्री गोविन्द बन्दीले संविधान र कानूनभन्दा माथि रहेर काम गरिराख्नुभएको छ”, ।

उहाँले भन्नुभयो, “रेणुका साह अयोग्य थियो भन्ने लाग्छ भने त्यो बेलाको सबै नियुक्ति बदर गर्नुपर्छ । मैले नियुक्ति गरेको बैला नै सबै डकुमेण्टहरु दिएको थिएँ । अपुग थियो भने त्यही बेला भन्नुपर्थ्यो । अहिले स्पष्टीकरण सोध्दा पनि मैले मेरा सबै डकुमेण्टहरु बुझाउन जरुरी नरहेका बेला पनि बुझाएको छु ।”

उहाँले कानूनमन्त्री कोइरालाले संविधान र कानूनभन्दा पनि माथि गएर निर्णय गरिरहेको बताउनुभयो । आफूले सबै डकुमेण्टहरु दिइसकेको भन्दै आफ्नो नाम कमाउने चाहनामा कानूनमन्त्रीले प्रतिशोध लिएको उहाँको भनाइ थियो । नियुक्ति गरेर करिव चार वर्ष काम गरिसकेको मानिसलाई बर्खास्त गर्नुको कारण अहिलेसम्म नदिएको बताउनुभयो ।

साहले आफ्नै नियुक्तिलाई बदर गर्नु र सर्वोच्चको अन्तिम भएर बसेको फैसलालाई पनि ओभरटेक गरेर फैसला विपरित काम गर्नु सरासर गैरकानूनी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई नियुक्ति गरिसकेपछि आफ्नै नियुक्तिलाई बदर गर्नुभयो, त्यो एउटा गैरकानूनी भयो । सर्वोच्चको अन्तिम भएर बसेको फैसलालाई पनि ओभरटेक गरेर फैसला विपरित गएर न्यायपरिषद्को अयोग्य देखाउने काम गरेको छ । अझ उहाँले पूर्व प्रधानन्यायाधीशको छोरी हो भनेर जोड्नुभएको छ ।

उहाँलाई नाम कमाउन त्यो कुराले सहज भयो होला । ममाथि परेको अन्यायमाथि अब कसले बोल्छ ? ममाथि अत्याचार भएको छ, अयोग्यताको छाप लगाइदिएको छ, मेरो अयोग्यताको बारेमा केही भनिएको छैन । अब कुनै बाटो लिनेछु ।”

उहाँले न्याय दिनेमाथि नै अन्याय भएको कुरा बोल्ने मानिस को छ भन्दै प्रश्न गर्नुभयो । उहाँले आफूमाथि भएको अन्याय र अत्याचार साथै अयोग्यताको छाप मेटाउन आफू नयाँ बाटो लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०७५ चैत २० गते न्यायाधीश नियुक्त हुनुभएकी साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरीसमेत हुनुहुन्छ ।

उहाँको अयोग्यतामाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको थियो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले साहलाई गरेको नियुक्तिको निर्णय कामु प्रधानन्यायाधीश कार्कीले उल्ट्याउनुभएको थियो ।

न्याय परिषद्ले यही असार २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । विसं २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त हुनुभएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गरेको थियो ।