• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

विकास राणाको गीत यात्रा



काठमाडौं । व्यवसायी विकास जंगबहादुर राणाको विकास राणाको गीत यात्रा सम्पन्न भएको छ । भानु जयन्तीको अबसर पारेर काठमाडौंको याक एण्ड यती होटलमा “विकास राणाको गीत यात्रा” भव्यताका साथ सम्पन्न भएको छ । राणा नेपालको हवाई क्षेत्रका सुपरिचित व्यक्ति हुनुका साथै सफल व्यवसायी हुनुहुन्छ ।

उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका साथै समाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर ज.ब.रा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजीत बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदि द्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

उक्त साङ्गीतिक समारोहमा श्रीमती शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानल “Bikash Rana Official” को उद्घाटन गरिएको थियो । च्यानलमा राणाद्वारा गाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ । नेपालको सफल व्यवसायी विकास राणाले आगामी दिनमा आफूलाई गीत सङ्गीत क्षेत्रमा समर्पण गर्ने सोच राख्नुभएको छ ।