• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

कमेडियन भरतमणि पौडेललाई गृह जिल्लामा नौमती बाजा र च्याब्रुङ नाचसहितको भव्य स्वागत



काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ का फाइनलिस्ट भरतमणि पौडेल ताप्लेजुङ पुगेका छन् । प्रतियोगिताको फाइनलमा पुगेसंगै उनी भोट अपिलका लागि जन्मस्थान ताप्लेजुङ पुगेका हुन् । आज कुशे औँशी, अर्थात् बुबाको मुख हेर्ने दिन पारेर उनी जन्मघर पुगेका हुन् ।

उनलाई ताप्लेजुङमा नौमती बाजा, च्याब्रुङ नाच, सयौंको संख्यामा बाइक र्याली सहित स्वागत गरिएको हेमराज निरौलाले न्युजपोलारलाई बताए । बुबाको मुख हेर्ने दिन पारेर जन्मघर पुगेका उनी आफ्ना बुबा आमासंग भट्ने क्रममा निकै भावुक बनेको पनि निरौलाले न्युजपोलारलाई बताए ।

निरौलाका अनुसार भरतमणि पौडेलले भोट माग्दै गर्दा आफु अहिलेको अवस्थामा पुग्नुको सम्पुर्ण श्रेय दर्शकहरुलाई र आफ्ना शुभचिन्तकहरुलाई दिएका थिए । उनले बोल्दै प्रतियोगिताको उपाधी आफुले जिते ताप्लेजुङका लागि पनि सहयोग गर्ने जनाएको निरौलाले न्युजपोलारलाई जानकारी दिए ।

भरतमणि कमेडी च्याम्पियन सिजन २ का सुरुवातदेखि नै निकै चर्चामा आएका कमेडियन हुन् । एमाले नेता गोकुल बास्कोटाको मिमिक्री गरेर चर्चामा आएका उनले पछिल्लो श्रीङ्खलामा पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएपछि झनै चर्चामा आए ।

उनको सो प्रस्तुतीलाई सम्पुर्ण दर्शकहरुले मन पराएका कारण भिडियोको ट्रेलर मात्रै पनि युट्युबको ट्रेन्डिङको १४ नम्बरमा पर्न सफल भएको थियो । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको मिमिक्री पनि हुबहु गर्ने गरेका छन् ।