१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदका लागि सांसद भुसालको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । उपसभामुख पदका लागि सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद पुष्पा भुसालको उम्मेदबारी दर्ता भएको छ ।

भुसालको प्रस्ताबकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ र समर्थक मा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थक रहनु भएको छ ।

दिउसो ३ बजे सम्म उम्मेदवारी दर्ताको समय रहेका कारण प्रमुख प्रतिपक्षदल नेकपा एमालेले  पनि अन्य दलको सहयोगमा उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । सत्ता साझेदार दलहरुबीच उपसभामुख पद नेपाली कांग्रेसलाई दिने करिब सहमति भएको थियो ।

प्रतिनिधिसभामा सभामुख पुरुष भए महिला उपसभामुख र महिला सभामुख भए पुरुष उपसभामुख बनाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही असार ३१ गते उपसभामुखको चयन हुनेछ ।