२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुदैछ ।शुक्रबार अथाृत असार ३१ गते हुने उपसभामुख पदको निर्वाचनको हुदैछ ।

नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको थियो ।

सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने र ३१ गते शुक्रबार दिउँसो ३ बजे सभाको बैठकमा निर्वाचन हुने जनाइएको छ ।