काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
पेचिलो बनेको एमसीसीमा विवाद बढ्दै गएको अवस्थामा गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।
नेता गौतम र प्रचण्डबीच झण्डै एकवर्षपछि भेटघाट भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।