• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

उपसभामुखमा सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उठ्ने



काठमाडौँ । उपसभामुख पदका लागि नेपाली कांग्रेसले सांसद पुष्पा भुसाललाई उठाउने भएको छ । सत्ता साझेदार दलहरुबीच उपसभामुख पद नेपाली कांग्रेसलाई दिने करिब सहमति भएको बताइएको छ ।

कांग्रेसले उपसभामुखमा भुसाललाई उठाउने करिब टुंगो लगाइसकेको बताइएको छ ।

प्रतिनिधिसभामा सभामुख पुरुष भए महिला उपसभामुख र महिला सभामुख भए पुरुष उपसभामुख बनाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही असार ३१ गते उपसभामुखको चयन हुनेछ ।