२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिबानले घोषणा गर्यो अन्तरिम सरकार



अ+ अ-

काठमाडौं । तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको तीन सातापछि सरकार गठन  गरेका छन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा आफ्नो सरकार बनाएको घोषणा गरेका हुन् ।

अफगानिस्तानमा तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्ने भएका छन् भने डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् भने मुल्लाह अब्दुल सलाम सेकेण्ड डेपुटीको रुपमा रहनेछन् ।

मुजाहिदका अनुसार गृहमन्त्रीमा हक्कानी नेटवर्क नामक चरमपन्थी संगठनको प्रमुख सराजुद्दिन हक्कानी रहेका छन् । उनी अमेरिकाको एफबीआईको वान्टेडको सूचीमा छन् । अमेरिकाले हक्कानी नेटवर्कलाई पनि आतंकवादी संगठन मान्दै आएको छ ।

तालिबानका प्रवक्ता मुजाहिदले अहिले गठन गरिएको सरकार अन्तरिम सरकार भएकाले अबको केही समयमा पूर्ण सरकार पनि गठन हुने बताएका छन् । यद्यपि अहिले यो सरकार अफगानिस्तानको कार्यकारी सरकार हुनेछ ।

यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गरिने बताए पनि मंगलबार घोषणा गरेपछि नयाँ अनुहारलाई भने अहिले घोषणा गरिएको सरकारमा समावेश गरिएको छैन ।